Breaking News

slide

Wednesday, March 18, 2015

फलामे ढोका आजबाट खोलिदै ,SLC


चैत ५, SLC  (एसएलसी) परीक्षा आज देखि सुरु। फलामे ढोका मानिने  यो परीक्षा को 80 वर्षीय इतिहासमा पहिलो पटक, यो वर्ष परीक्षा  मा केटाहरू भन्दा बढी केटीहरु रहेका छन् । परीक्षा नियन्त्रण   कार्यालयमा .'नियमित  अन्तर्गत यस वर्ष परीक्षा को लागि विद्यार्थीहरूको कुल संख्या ४२६२१४जना  रहेको छ।
 यस वर्ष परीक्षा को लागि केटीहरुको  कुल संख्या 213,710 जना छ र केटा को कुल संख्या 212,504 छ। त्यसैगरी,एक्जाम्टेड तर्फ़  3,288 जना  विद्यार्थीहरू रहेका छन् ।  सम्पूर्ण SLC परिक्षामा सामेल हुने बिध्यार्थी भाई बहिनीहरु लाई परिक्षा सफलताको शुभकामना ब्यक्त गर्दछौ। 
Read more ...

SLC परीक्षा ‘देशभर शान्तिपूर्ण’

५ चैत,  पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । परीक्षार्थीहरुले विहीबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् ।
‘काठमाडौंसहित देशभर कुनै अप्रिय घटना नभएको रिपोर्ट आएको छ,’ परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले अनलाइनखबरलाई भने ।
विहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा समय थियो । तर, कतिपय केन्द्रमा पौने ११ बजे नै परीक्षा सकिएको जिल्ला शिक्षा कार्यालय काठमाडौंका सहायक जिल्ला शिक्षा अधिकारी दुर्गा प्रसाईंले बताए ।
परीक्षामा यसपालिदेखि उत्तरपुस्तिकासँगै प्रश्नपत्रमा पनि सिम्बोल नम्बर लेख्नुपर्ने नयाँ व्यवस्था लागू गरिएको छ । परीक्षा हलभित्रै प्रश्नपत्रमा लेखेर चिट चोरिने भएकाले त्यसलाई न्यूनिकरण गर्न यस्तो व्यवस्था गरिएको हो ।
उच्च शिक्षाको लागि पहिलो खुड्किलो मानिने एसएलसी परीक्षा आगामी १६ गते सकिने छ । विक्रम संवत् १९९० सालबाट एसएलसी परीक्षा लिने व्यवस्था गरिएको थियो ।
Read more ...

जहाज घाँसे मैदानमा, भयानक दुर्घटनाबाट बच्यो


बुधबार टर्किस एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा अापत्कालीन अवतरण गरिएको छ । टर्कीको इस्तानबुलबाट आएको उक्त जहाज जिरो भिजीबिलिटीमा अापतकालीन अवतरण गरिएको हो ।

जहाज रन वे छाडेर घाँसे मैदानमा अाइपुगेको छ । यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको र अापतकालीन ढाेकाबाट बाहिर निस्किसकेको खबर छ । अहिले त्रिभुवन विमानस्थलका सम्पूर्ण उडान रोकिएका छन् ।
Read more ...

अब याहु मेलको अकाउण्ट पासवर्डबिनै खुल्ने

 तपाइँलाई आफ्नो याहु अकाउण्टको पासवर्ड सम्झिनुपर्ने आवश्यकता रहनेछैन । किनकी याहुमेलको अकाउण्ट लगइन गर्नका लागि तपाइँलाई पासवर्डको आवश्यकता पर्नेछैन निकट भविष्यमै ।
पासवर्ड सम्झिनैपर्ने बाध्यताबाट प्रयोगकर्तालाई मुक्ति दिलाउनका लागि याहुले एक नयाँ अन डिमान्ड पासवर्ड प्रणाली लागु गरेको छ । यसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो याहु अकाउण्टलाई कुनैपनि बेला व्यक्तिगत रुपमा सिर्जिन युनिक कोड अर्थात् इन्डिभिजुअल्ली जेनेरेटेड युनिक कोडका माध्यमबाट लगइन गर्न सक्नेछन् । यो कोडलाई याहुले प्रयोगकर्ताको मोबाइल फोनमा टेक्स्ट म्यासेज गरेर पठाइदिन्छ । यसले टू फ्याक्टर अथेन्टिकेसन जस्तै गरी काम गर्नेछ ।
याहाुका प्रमुख सूचना सुरक्षा अधिकृत एलेक्स स्ट्यामोसले आइतबार साउथवेष्ट इन्टर्याक्टिभ फेस्टिवलको अवसरमा यो सेवाको बारेमा जानकारी गराएका थिए ।
याहुका प्रडक्ट म्यानेजमेन्ट फर कन्जुमर प्लाटर्फमका उपाध्यक्ष डाएलेन केसीका अनुसार पासवर्ड अन्त्य गर्ने दिशामा यो पहिलो कदम हो ।
आफ्नो याहुमेलमा यो फिचर एक्टिभेट गर्नका लागि सुरुमा आफ्नो खास पासवर्ड राखेरै याहु अकाउण्ट लगइन गर्नुपर्छ । त्यसपछि सेटिंग अप्सनमा गएर अन डिमान्ट पासवर्ड नामक फिचर एक्टिभेट गर्ने सेटिंग देखिनेछ । त्यहाँ आफ्नो फोन नम्बर प्रदान गर्नुपर्छ ।
त्यस प्रकार उक्त फिचर एक्टिभेट गरेसँगै फेरी याहुमेल लगइन गर्दा पासवर्ड लेख्नुपर्ने ठाउँमा एउटा बटन देखापर्नेछ । जसमा Send My Password  लेखिएको हुन्छ । उक्त बटनमा क्लिक गरेसँगै प्रयोगकर्ताले दिएको फोन नम्बरमा याहुले ४ अक्षरवाला कोड पठाउनेछ । उक्त कोडलाई त्यस ठाउँमा हालेर याहु अकाउण्ट लगइन गर्न सकिन्छ । एक ब्लगमा याहुले यो फिचर कसरी सेटअप गर्ने भन्ने जानकारी दिएको छ ।
विश्लेषकहरुका अनुसार प्रयोगकर्ताको अकाउण्टलाई सुरक्षित बनाउने दिशामा यो फिचर निकै महत्वपूर्ण हुनेछ । तत्कालका लागि यो सेवा अमेरिकामा मात्र उपलब्ध गराइएको छ । निकट भविष्यमा विश्वभर नै अन डिमान्ड पासवर्ड फिचर उपलब्ध गराउने याहुको योजना छ ।
Read more ...

लुकाएको ३० लाख रुपैयाँमा श्रीमतीले आगो झोँसिदिइन्


मानिसहरु आफ्नो घरमा चोरीको डरले पैसा बैंकमा राख्छन् र घरमै राख्न परेपनि पनि लुकाइ छिपाइ राख्छन् । मानिसहरुले चोरी वा अन्य डरले विभिन्न तरिकाबाट पैसा लुकाउने गर्छन् र त्यसरी लुकाइएको पैसा कहिलेकाहीँ मुसाले काटिदिएको, हावाले उडाइदिएको, धमिराले धुलैधुलो बनाइदिएको भन्ने जस्ता समाचार समेत सुन्नमा आउँछन् ।
चीनमा एक व्यक्तिले चोरीको डरका कारण आफ्नो धन लुकाउनु निकै महंगो परेको छ । ती व्यक्तिले जतन गरी लुकाएको पैसा उनकै श्रीमतीले आगोमा झोँसिदिइन् र सोही पैसा जलेर बलेको आगोमा चिया पकाएर खाइन् ।
चीनको शाओशानमा बस्ने एक दम्पतीले आफ्नो गल्तीको ठूलो मूल्य चुकाउनुपरेको छ । लोग्नेले आगो नबालेको अवस्थामा चुल्होमा लुकाएको झण्डै ३० लाख रुपैयाँ बराबरको पैसामा श्रीमतीले अज्ञानताबस आगो झोँसिदिइन् । चुल्होमा आगो बाल्दा उक्त पैसा खरानी भयो ।
३५ वर्षका ती बेंग नामका पुरुषले आफ्नो निर्माण कम्पनीमा काम गर्ने मजदूरहरुलाई तलब दिनका लागि बैंकबाट एक दिन पहिले नै रकम झिकेर घर ल्याए । चोरी हुने डरले बेंगले उक्त रकम आगो आगो नबालिएको चुल्होमा लुकाए ।
आफुले चुल्होमा पैसा लुकाएको कुरा उनले आफ्नी श्रीमती हाओलाई समेत सुनाएका थिए । तर अर्को दिन बेंगकी पत्नीले चिया पकाउँदा चुल्होमा पैसा लुकाएको कुरा भुलिन् र उक्त पैसा ननिकालिकनै चुल्होमा आगो बालिन् । जब उनलाई चुल्होमा पैसा रहेको कुराको सम्झना भयो, त्यस बेलासम्म निकै ढिला भैसकेको थियो र रकम सबै जलिसकेको थियो ।
अलिकति बचेखुसेका नोटका टुक्रा लिएर बैंकमा सहटी गर्न गएपनि बैंकले नोट धेरै जलिसकेको भन्दै सटही गरेर नयाँ नोट दिन अस्विकार गरेपछि बेंग ठूलो आर्थिक भारमा परेका छन् ।
Read more ...

आजबाट केबुलकार ४ दिन बन्द हुने


Shyane Online | 11:21 AM |
चैत ४ ।  गोरखाको मनकामना नमुना गाविसमा अवस्थित पवित्र धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जानका लागि संचालनमा ल्याएको केबुलकार सेवा आज  देखी ३ दिन सम्मका लागि बन्द हुने भएको छ । नियमित मर्मत संभारका लागि चैत्र ४, ५, र ६ गते बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ । नियमित मर्मत सम्भार पछि पुन चैत्र ७ गते शनिबारबाट केबुलकार संचालनमा आउने छ । 
Read more ...

Popular Posts

Advertisement With Us

SHYANE

SPORTSALL

Sponsor Advertisement

ROSANI.COM.NP Designed By SHYANE